१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

नागेश्वरमा भक्तजन लामबद्ध


४ साउन, काठमाडौँ । प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरको दर्शनार्थ भक्तजन उल्लेख्य सङ्ख्यामा उपस्थित भएका छन् । कोरोनाका कारणले मन्दिरको मूल ढोका बन्द गरिए पनि बिहानदेखि नै महिला दर्शनका लागि पूजा सामग्री लिएर लामबद्ध छन् ।

मन्दिरमा साउनको विशेष पूजार्चना नियमित हुने गरेको छ । कामपा–३२ पुरानो सिनामङ्गलस्थित मन्दिरका शिवको दर्शन गर्नाले मुद्दा मामिला जितिने मान्यता रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो ।

नागेश्वर महादेवको भक्तिबाट श्रीप्राप्ति हुने, कालसर्प दोष आदि हट्ने विश्वास पनि छ । समितिले भक्तजनलाई मास्क र सेनिटाइजर पनि वितरण गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १२:४०