१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ


४ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् ।जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए ।

प्रधानमन्त्री देउवाले उक्त खोप केन्द्रको निरिक्षण गर्दै भीडभाड नगरी खोप लगाउन निर्देशन दिए । अमेरिकाले नेपाललाई अनुदानमा दिएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मीलाई दिइँदै छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ११:२०