१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

माधव नेपाल समूह बामदेव गाैतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने


३ साउन, काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । यो सूचना माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाइ समेत दिइसकेको पाइएको छ । एमालेभित्रको आन्तरिक विवाद थप पेचिलो भएपछि एकजना उपाध्यक्ष डा भीबहादुर रावलले केहीबेर अघि सांसद पदबाट राचिनामा दिने घोषणा गर्नुभएको छ । उहाँले राजनीति थप अनैतिक भएकाले आफूले राजिनामा दिने बताउनुभएको छ ।

गौतम उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएका कारणले केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर कार्यकर्तासँग गरेको वाचा तोडेको स्रोतले जनाएको छ । उनी केन्द्रीय कमिटी बैठकपछि बसेको दुइवटा स्थायी कमिटी बैठकमा लगातार अनुपस्थित भएका छन । उनलाइ प्रचण्डले कन्भिन्स गरेको स्रोतले जनाएको छ ।

उनी सरकारमा सहभागी हुने निश्चित भैसकेका कारण शेरबहादुर देउवालाई विश्वासको मत नदिन पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन । सर्वोच्च अदालतको आदेशबमोजिम सांसदलाई स्ववकीय अधिकार रहेको गाैतमले जिकीर गरेका छन । गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताए । कुनै पनि संस्थाले आफ्ना सदस्यलाई स्वविवेकीय अधिकार दिन्छ भने त्यो उच्चस्तरको लोकतान्त्रिक अभ्यास मानिने छ गौतमले बताए ।’

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १६:३८