१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

९७.२१ अंकले बढ्यो नेप्से, ११ अर्ब ६३ करोडको कारोबार

३ साउन, काठमाडौँ । साताको पहिलो दिन आज नेप्से बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ मा पुगेको छ । नेप्से ३.३७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने १९.५५ अंकले बढेर ५६०.९६ मा पुगेको छ । आज सबै समुहमा हरियाली छाएको छ ।

आइतबार दिनभर २ सय २१ कम्पनिको २८ करोड ८ लाख ६३ हजार ९३ कित्ता सेयर १ लाख १६ हजार २ सय ९४ पटक कारोबार हुदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले कमाएका छन । जिवन विमा समुह ६ सय ४८.४६ अंकले बढेको छ । त्यसैगरी निर्जिवन विमा समुह ४ सय ४१.२२ अंकले बढेको छ भने विकास बैंक २ सय ३३.०९ अंकले माईक्रोफाइनान्स १ सय ९०.९८ अंकले बढेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १६:०१