१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

सांसदलाई ह्वीप लगाउने निर्णय गर्नु गलतः उपाध्यक्ष गौतम


३ साउन, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । सर्वोच्च अदालतको आदेशबमोजिम सांसदलाई स्ववकीय अधिकार रहेको पनि गौतमले बताएका छन् ।

गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताए । कुनै पनि संस्थाले आफ्ना सदस्यलाई स्वविवेकीय अधिकार दिन्छ भने त्यो उच्चस्तरको लोकतान्त्रिक अभ्यास मानिने छ गौतमले बताए ।’

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १५:४४