१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरमार्फत काठमाडौँ फर्किए


३ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि कांग्रेस सांसद गगन कुमार थापा हेलिकप्टरमार्फत काठमाडौँ आएका छन् । पोखरामा रहेका थापा प्रधानमन्त्रीले विश्वासको मत लिने आकस्मिक निर्णय लिएसँगै हेलिकप्टरमार्फत काठमाडौँ आएका हुन् ।

कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरा गएका थापा काठमाडौँ आउने क्रममा बाटोमा पहिरो गएका कारण दमौलीमा नै रोकिएका थियो । थापाका स्वकिय सचिव सबिनबाबु मुडभरीका अनुसार थापा हेलि एभरेष्टमार्फत् काठमाडौं आएका छन्।

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १५:२५