१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

राष्ट्रपति भण्डारीद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज


३ साउन, काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।  मन्त्रिपरिषद्को साउन २ गतेकाे निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपति कार्यालयबाट जारी गरिएकाे विज्ञप्तीमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारले संवैधानिक परिषद्का कायम रहेका सदस्यमध्ये उपस्थितको बहुमतले संवैधानिक निकायमा नियुक्त गर्न सक्ने गरि अध्यादेश ल्याएको थियो। अध्यादेश अनुसार प्रधानमन्त्री ओलीले लोकसेवा आयोग, अख्तियार र निर्वाचन आयोग लगायतमा नियुक्ती गरेका थिए।

अध्यादेश खारेज सोबाट भएको भएपनि नियुक्ती कायम रहनेछ। संविधान अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता सदस्य रहन्छन्। हाल उपसभामुख पद रिक्त रहेको

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १५:०५