१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा चितवनमा १ जनाकाे मृत्यु


३ साउन, चितवन । खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना४त ३१५२ नंको ट्र्याक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १४:४९