१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

समृद्धि फाइनान्समा पनि अनलाइन खाता खोल्न सकिने, कोरोना उपचारका लागि ऋण दिने

२ साउन, काठमाडाैँ । समृद्धि फाइनान्सले २०७८ श्रावण १ गते देखि नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ । साथै कोभिड लागेका ग्राहकहरुका लागि कोभिडको उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्था गरेको छ ।

ग्राहकले अनलाइन एकाउन्ट सुविधा को प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् । त्यस्तै संस्थाका नयाँ तथा पुराना ग्राहकहरुको उपचार तथा हस्पिटल को बिल भुक्तानी गर्नका लागि “गाह्रो साह्रोमा सहयोग गर्न छदैछ नि समृद्धि फाइनान्स” भन्ने मुल नाराका साथ ५० हजारदेखि ५ लाखसम्मको कोभिड रिलिफ लोन उपलब्ध गराउने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टीकानिधी लोहनीले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि संचालनमा ल्याउँदैछ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १९:२१