२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देउवाका लागि ओली निकट सांसद किन्ने माधव समूहको प्रयासः गंगा चाैधरीले गरिन भण्डाफोर

२ साउन, काठमाडौँ । नेकपा एमालेभित्रको अन्तरद्धन्द्धमा खेलेर वेमौसममा सत्ताको नेतृत्व गर्न पाएका शेरबहादुर देउवाको विश्वासको मतका लागि फेरि एमालेका सांसद खरिदको खेल सुरू भएको छ । देउवालाइ विश्वास मत दिलाउने नाममा पार्टी भित्रकै माधव समूहका नेताले विभिन्न प्रलोभन देखाएर मतका लागि बार्गेनिङ सुरू गरेको खुलासा भएको छ ।

सांसद गांगा चौधरीले समाजिक सञ्जाल मार्फत आफूलाइ प्रलोभनमा पार्ने कोशिश भैरहेको बताएकी छिन । उनले आफूलाइ प्रलोभन नदेखाउन र एमालेको नीति विपरित केही नगर्ने भन्दै सार्वजनिक अपिल समेत गरिकी छिन । उनले आफूलाइ प्रलोभनमा पार्न भैरहेको प्रयासका बारेमा जानकारी दिँदै ६ बुँदामा आफ्नो धारणा राखेकी छिन ।

यस्तो छ चाैधरीको धारणा

मैले नबुझेको कुरा :

⁃ पार्टी जेष्ठ २ मा फर्काउने माग पनि पूरा भएको छ ।

⁃ कार्यदलले पार्टी एकताको सहमति गरी सकेको छ ।

⁃ कार्यदलकै सुझाव अनुसार विधिवत् रुपमा बोलाइएको पार्टी बैठकमा उपस्थित भएर आफ्ना कुरा नराखेर बहिष्कार गर्नु , अनेक अत्तो थापी रहनु , अर्घेल्याईं गरी रहनु , बिपक्षी संग मिलेर आफ्नै पार्टीको सरकार ढाल्न मरीहत्ते गरेर लाग्नु, ढाली सकेर पनि अझै चित्त नबुझेर विपक्षीसंग अनैतिक सॉठगॉठ गरी रहनु । यो सब के हो मैले बुझ्न सकेको छैन ।

⁃ अहिले केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरी रहनु भएको छ । कृपया दुख नगर्नु होला मित्रहरु ।

⁃ म गंगा थारु कुनै पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन । यो स्पष्ट हो र यो मेरो प्रण पनि हो ।

⁃ पार्टीले जे जस्तो निर्णय गर्छ पार्टीको एउटा इमान्दार कार्यकर्ताको हैसियतले त्यसको अक्षरशः पालन गर्नु मेरो कर्तव्य हो ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १३:०३