२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माओवादीलाई सरकारमात्र भित्राउनका लागि जसपाका दुई मन्त्रीले दिए राजिनामा

२ साउन, काठमाडौँ । प्रदेश २ मा माओवादी केन्द्रलाइ सरकारमा भित्राउनका लागि जसपाबाट सरकारमा सहभागी भएका  आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका छन ।

जनता समाजवादी पार्टीबाट नेतृत्व गर्दै आएका मन्त्रीद्वयले आजै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसमक्ष स्वेच्छाले राजीनामापत्र बुझाएका हुन । मुख्यमन्त्री राउतले आज शनिवार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १०:१०