२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कति बढ्यो सुर्ती, चुरोट र मदिराको मूल्य ?

१ साउन, काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ सुरु भएसँगै सुर्ती, चुरोट र मदिराको मूल्य बढेको छ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा सुर्ती, चुरोट र मदिरामा लाग्दै आएको अन्तशुल्क बढाएको छ । यो सँगै सुर्ती, चुरोट र मदिराको मूल्य बढेको हो ।

सरकारले बजेटबाट नै सुर्तीको मूल्य प्रतिकिलो २३ रुपैयाँले बढाएर ११८ रुपैयाँ पुर्याएको छ । चुरोटमा प्रति एम अन्तशुल्क १२३ रुपैयाँले बढाएर ६१८ रुपैयाँ पुगेको छ । हुक्का फ्लेवरमा प्रतिकिलो १ हजारबाट बढाएर १२ सय रुपैयाँ पुर्याइएको छ ।

यस्तै मदिराको पनि मूल्य बढेको छ । जौबाट बनेको मदिरामा अन्तशुल्क प्रतिलिटर ३३ रुपैयाँले बढाएर १९८ रुपैयाँ पुर्याइएको छ । यता स्पार्किङ वाइनमा १२ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर ७४ रुपैयाँले बढेर ४४४ रुपैयाँ पुर्याईएको छ । १७ प्रतिशतभन्दा बढी अल्कोहल भएकोलाई प्रतिलिटर ८६ रुपैयाँले बढाएर ५१६ रुपैयाँ पुर्याईएको छ ।

छ्याङमा प्रतिलिटर ८ रुपैयाँले बढाएर ४३ रुपैयाँ पुर्याईएको छ । सरकारले बजेटबाट नै जीन, भोड्का, रममा प्रयोग हुने कच्चा पदार्थ प्रतिलिटर ३३ रुपैयाँले बढेर १९८ रुपैयाँ पुर्याईएको छ । यसले गर्दा मदिराको मूल्य बढेको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १६:५३