१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आलमको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

३० असार, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा पूर्व राज्यमन्त्री मो.मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन ।

आलमको हिजो साँझ ६ बजे उपचारका क्रममा गंगालाल हृदय रोग केन्द्रमा निधन भएको थियो । प्रधानमन्त्ती ओलीले एक शोक वक्तव्य जारी गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको बताएका छन । विज्ञप्तीमा आलमप्रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

अन्तिम श्रद्धान्जलीका लागि आलमको पार्थिव शरिरलाई आज असार ३० गते विहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा राखिने विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ०७:०७