२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूतको बधाई, काेराेना महामारी र विकासमा सघाउने प्रतिबद्धता

१ साउन, काठमाडाैँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनले राजदूतमार्फत बधाई दिएको छ । राजदूत होउ यान्छीले शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई तथा शुभकामना व्यक्त गरिन् ।

राजदूत यान्छीले भेटमा देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको थियो ।

साथै, राजदूत यान्छीले कोभिड–१९ महामारी र विकासका क्षेत्रमा नेपाललाई सघाउन चीन तयार रहेको समेत प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १५:३७