१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

साउन महिनाको पहिलो दिन कति छ सुनको मूल्य ?

१ साउन, काठमाडौँ । साउन महिनाको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुन आज पनि सोही मूल्यमा  काराेबार भएको महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो कारोबार दिन १३२० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्यमा काराेबार भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ११:२८