१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

६० लाख कित्ता आइपीओ निष्काशन गर्न सानिमा लाइफले बोर्डबाट पायो अनुमति

१ साउन, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसंगै कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर आईपियो निष्काशन गर्ने छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुका लागि ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत छुट्टाएर बाँकी रहेको सेयर सर्वसाधारणलाई वितरण गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपियो निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । इन्स्यनेरेन्सको आइपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओले केयर रेटिङ नेपालले मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ११:११