यसरी हेर्नुहाेस यूनियन लाइफ इन्स्योरेन्सकाे नतिजा
३१ असार, काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बाँडफाँड गरिएको हो । मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड गर्दा ५ लाख ८० हजार ५ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् भने अरु १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
आइपीओमा २१ लाख ७२ हजार ८६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन परेको हो । क्यापिटलका अनुसार २१ लाख १७ हजारको मात्रै आवेदन सदर भएको छ भने बाँकि आवेदक रद्द गरिएको छ । यस कम्पनीकाे आईपीओको रिजल्ट यूनियन लाइफको वेबसाइट https://unionlife.com.np/, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/share-allotment, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।
आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोस्
https://iporesult.cdsc.com.np/
www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)
https://meroshare.cdsc.com.np/#/login
https://www.prabhucapital.com/share-allotment
https://unionlife.com.np/
प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १८:१०