२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

काँग्रेसको विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रति परिवार २५ हजार दिने

३१ असार, काठमाडाैँ । नेपाली कांग्रेसको बाढी पहिरो पीडीत विपद् व्यवस्थापन समितिले २०७८ बैशाख देखि यताका बाढी पहिरो पिडीतको परिवारलाई प्रति परिवार २५ हजार रुपैया दिने भएको छ । बाढी पहिरो पीडीत विपद् व्यवस्थापन समितिको विहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको हो ।

बाढी पहिरो पीडीतको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी पहिरो पीडीत विपद् व्यस्थापन केन्द्रीय समिति गठन गरेको थियो । बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधै आईरहने भएकाले नियमित क्यालेण्डर जस्तै गरि व्यहोर्नुपरेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको बताउनुभयो ।

उहाँले समितिले २०७८ साल यता बाढी पहिरो पीडीतहरुलाई मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैया दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने बताउनुभयो । उहाँले मुलुकभरबाट बाढी तथा पहिरोले पुराएको भौतिक र मानविय क्षतिबारे तथ्यांक संकलन गरि राहत उपलब्ध गराईने जानकारी दिनुभयो । उहाँले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताउनुभयो ।

बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, चिवमा किरण गिरी ,कोषाध्यक्षमा कल्पना चौधरी हुनुहुन्छ । त्यसैगरी समितिका सदस्यहरुमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तिर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव हुनुहुन्छ । त्यसैगरी आमन्त्रित सदस्यहरुमा पुर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल, रहेका छन् । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सभापति एंवम् प्रधानमन्त्री शेर बहादुर देउवाले मनोनित गर्नुभएको हो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १६:३४