२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

अध्यक्ष प्रचण्ड र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेटवार्ता

३१ असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा उहाँले नेपालको विकास र समृद्धिका लागि अष्ट्रेलियाले पु¥याउँदै आएको सहयोग तथा सद्भावप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

नवनियुक्त राजदूत वोल्कलाई स्वागत गर्दै अध्यक्ष दाहालले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो र मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभयो । सो अवसरमा अध्यक्ष दाहालले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उक्त भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने जनाउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गर्नुभयो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १४:३९