२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

कोटेश्वरमा रमाइलोः माधव नेपालले लुकाउन खोजेकै कुरा प्रचण्डले देखाइदिएपछि…

३१ असार, काठमाडौँ । नेकपा एमालेभित्र बसेर एमाले नै समाप्त पार्ने उद्घोषसहित विभिन्न खेल खेलिरहेका माधवकुमार नेपालले बिहीबार बिहानको विप्लवसहितको भेटको विषयमा प्रचण्डलाई देखाउन चाहेनन् । उनले आफ्नो फेसबुकमा प्रचण्डबाहेकको तस्बीर पोस्ट गरे । तर प्रचण्डले भने आफ्नो स्वीकय सचिव गंगा दाहाल मार्फत आफू पनि भएको तस्बीर सार्वजनिक गरिदिए ।

दोस्रो तहका नेताहरूको दबाबका कारण प्रचण्डले एमालेविरूद्धको अभियान थप खुलेआम गर्न चाहिरहेका थिएनन् तर विस्तारै ती विषयहरू लुकाउन खोज्दा खोज्दै बाहिर निस्कने गरेको छ ।  नेपालले देखिनेगरी प्रचण्डसँगको भेट कम गराउन खोजेका छन । यद्यपी दैनिक तीन चार पटक उनीहरूले भेट्ने गरेका छन । त्यसको अलवा फोनमा पनि कुरा हुने गरेको छ ।

माधव नेपाल निकटका एक केन्द्रीय सदस्यका अनुसार नेपाल यो सबै देखिनेगरी गर्न चाहँदैनन् । किनकी वार्ता र सहमतिको नाममा ओलीलाई अझै केही समय लतार्नुपर्नेछ । नेपालले आफ्नो अनुकुलमा हुनेगरी दल विभाजन गर्न सक्ने परिस्थिथि नबन्दासम्म अहिले भैरहेका भूमिगत शैलीका गतिबिधि देखाउन चाहेका छैनन् ।

प्रचण्डसहितको छलफलमा बिहीबार बिहान कोटेश्वरमा नयाँ पार्टी बनाउने विषयमा छलफल भएको छ। प्रचण्डले यसअघि विप्लवलाइ निवासमा बोलाएर कुरा गरेका थिए । उनीहरूको वीचमा नयाँ कम्युनिस्ट केन्द्र बनाएर अघि बढ्ने विषयमा छलफल गरेका छन । सबै कम्युनिष्ट पार्टी मिलेर एमलेलाइ कमजोर बनाउने बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

यसअघि देखि नै प्रचण्डले बृहमत कम्युनिस्ट केन्द्र बनाउनेबारेमा बोल्दै आएका थिए । एमालेका दोस्रो तहका नेताहरूले एउटा सहमति गरेर एमाले एकतावद्ध बनाउने कोशिश गरेको भए पनि माधव नेपाल एमालेमा रहने मुडमा छैनन् । उनी सानै पार्टीको भए पनि अध्यक्ष बन्न चाहन्छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ११:३३