२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

विप्लव बोकेर प्रचण्ड माधव नेपालको घरमा, नयाँ पार्टी बनाउने विषयमा छलफल

३१ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बिहानै नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाइ लिएर एमाले नेता माधवकुमार नेपालको घरमा पुगेका छन । प्रचण्ड बिहिबार बिहान विप्लव र सो पार्टीका नेता घर्मेन्द्र बास्तोलासहित नेपाल निवास पुगेका हुन

त्यहाँ उनीहरूले नयाँ पार्टी बनाउने विषयमा गम्भीर छलफल गरेका छन । प्रचण्डले यसअघि विप्लवलाइ निवासमा बोलाएर कुरा गरेका थिए । उनीहरूको वीचमा नयाँ कम्युनिस्ट केन्द्र बनाएर अघि बढ्ने विषयमा छलफल गरेका छन । सबै कम्युनिष्ट पार्टी मिलेर एमलेलाइ कमजोर बनाउने बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

यसअघि देखि नै प्रचण्डले बृहमत कम्युनिस्ट केन्द्र बनाउनेबारेमा बोल्दै आएका थिए । एमालेका दोस्रो तहका नेताहरूले एउटा सहमति गरेर एमाले एकतावद्ध बनाउने कोशिश गरेको भए पनि माधव नेपाल एमालेमा रहने मुडमा छैनन् । उनी सानै पार्टीको भए पनि अध्यक्ष बन्न चाहन्छन् ।

भेटमा विप्लवले भने एमाले नेतृत्वको गरिएको तीन बुँदे सहमति कार्यान्वयनका लागि शर्त अघि सारेका छन । विप्लवले उक्त सहमति पूरा भए एउटै कम्युनिस्ट बनाउने विषयमा छलफल गर्न सकिने बताएका थिए ।

यता एमाले फुटाउन संख्या र हैसियत नभएपछि उनी लामो समयदेखि अड्किएछन यद्यपी देउवाले उनका लागि १० प्रतिशत सांसद र २० प्रतिशत केन्द्रीय सदस्य भए पनि दल विभाजन गर्न मिल्ने गरी कानुनी प्रवन्ध गरिदन देउवासँग अनुरोध गरेका छन ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १०:५७