२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, लामो दुरीका गाडी चलाउने तयारी

३१ असार, काठमाडौँ । निषेधाज्ञाबारे थप छलफल गर्न  आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी गरिएको छ। त्यसका लागि आज काठमाडौँ, भक्तपुर र ललितपुरका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।

दिउँसो १:०० बजेपछि बस्ने बैठकमा लामो दूरीका सार्वजनिक यातायात खोल्ने विषयमा पनि छलफल हुने बुझिएको छ । उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालन भइरहेको छ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ः०० बाट सकिँदैछ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १०:४४