१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

२८ प्रतिशत गाडी भाडा बढाएको सरकारले पेट्रोलियम पदार्थमा १ रूपैयाँ मूल्य घटायो

३० असार, काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको निर्दाली सरकारले यसअघिको एमाले नेतृत्वको सरकार लागि चुनौति पेश गरेकोछ । एकै सातामा दुइ पटकसम्म मूल्यवृद्धि गरेको निवर्तमान सरकारका लागि चुनौति दिँदै देउवा नेतृत्वको निर्दलीय सरकारले पदस्थापनाको भोलिपल्टै पेट्रोलियम पदार्थमा एक रूपैयाँ मूल्य घटाएको छ ।

२८ प्रतिशत भाडा बढाएको निर्णय कार्यान्वयन गरेकै दिन देउवा सरकारले मूल्य घटाएको हो । देउवाको सत्ताप्राप्तिका लागि सडक आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरूले एक साता अन्य विषय नपाए पनि मूल्यबृद्धि कम गर्न माग गर्दै पेट्रोल पम्प बन्द गराउँदै हिडेका थिए । त्यसको सम्बोधनका लागि भनेर सरकारले १ रूपैयँँ मूल्य कटौति गरेको हो । उता सरकारले आजै एउटा निर्णय सार्वजनिक गर्दै २८ प्रतिशत भाडा बृद्धिको जानकारी दिएको छ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार २२:२६