२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

वाइसिएको दादागिरी मुठी उठाएर समाप्त पार्ने ‘युथ फोर्स’ एमालेले व्यूँतायो (LIVE)


२९ असार, काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले ‘युथ फोर्स’ व्यूँताएको छ । वाइसिएलको दादगिरीले आजित भएपछि एमालेले २०६५ जेठमा महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन भएको थियो । अहिले किरण पौडेल अध्यक्ष रहेको संघले पुरानै शैलीमा काम गर्ने गरी युथ फोर्स व्यूँताएको घोषणा गर्नुभएको छ । पाैडेलले क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको घोषणा गरिएकत्र जानकारी दिनुभयो । अहिले युवा संघको उक्त कार्यक्रममा इन्चार्ज एवं एमाले नेता महेश बस्नेतले सम्बोधन गरिरहनुभएको छ । उहाँले युथफोर्सले प्रतिवाद गर्ने र स्वयंसेवकको रूपमा भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १३:०८