२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

सांसद नविना लामाको प्रश्नः को हो चोलेन्द्र ?


२९ असार, काठमाडाैँ । नेकपा एमालेकी नेतृ एवं सांसद नविना लामाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा को हो भन्दै प्रश्न गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले संविधान र दलीय व्यवस्थामाथि प्रहार गरेको भन्दै एमाले क्रुद्ध बनेको छ । यद्यपी एमालेले अदालतको सम्मानका लागि फैसला कार्यान्वयन गर्ने बताएको छ ।

एमाले नेतृ लामाले भने मंगलबार बिहान अाक्रोशपूर्ण अभिव्यक्ति दिँदै प्रधानमन्त्री तोक्ने को हो चोलेन्द्र भन्ने प्रश्न गर्नुभएको छ । उहाँले यसमा राष्ट्रपतिले केही कदम चाल्नुपर्ने पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्री तोक्ने अदालतले होईन ? को हो चोलेन्द्र ??? यसले गलत नजिर बस्नेछ। संसदले बनाउने हो प्रधानमन्त्री ! यो हो हामीले स्वीकार्ने विधी! हामी राष्ट्रपतिको कदम पर्खीरहेका छौँ ।’

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १२:५३