२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

आजदेखि साउन २ सम्म भेरोसेल खोपको पहिलो डोज दिइदै, यी हुन ४४ खोप केन्द्र


२९ असार, काठमाडाैँ । काठमाडाैँमा आजबाट २ साउनसम्म कोभिडबिरुद्धको खोप भेरोसेल खोपको पहिलो डोज दिईने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको बैठकले  ४ साउन देखि ६ साउनसम्म भने जोन्सन एण्ड जोन्सन खोप चलाउने निर्णय गरेको छ । दुबै खोपका लागि खोप केन्द्रहरु भने एउटै हुने बताइएको छ ।

बैठकले महानगरपालिका भित्र १८ वटा खोप केन्द्र सहित जिल्लामा कुल ४४ वटा खोप केन्द्र तोक्ने स्वास्थ्य कार्यालय काठमाडौँको प्रस्तावलाई स्वीकृत गरेको छ । साथै बैठकले महानगरपालिका भित्र आवश्यकताको आधारमा थप २५ वटासम्म केन्द्र थप्न सकिने समेत निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आजैबाट ५५ बर्षमाथिका सबै नागरिकलाई, शिक्षक, प्राध्यापक, कर्मचारी, चालक सहचालक, पहिले लगाउन छुट भएका अत्यावश्यक सेवाका व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई भेरोसेल दिईदैछ । यस्तै जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्तिहरु, पूर्ण र अति अशक्त अपांग व्यक्ति, शरणार्थीहरु, यसअघिको खोपमा छुटेका स्वास्थ्यकर्मी सरसफाईकर्मीहरुर्ला दिईने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १२:३९