२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

माधवले जे गरे त्यसको पीडाले प्राण जान पनि अप्ठ्यारो हुन्छः उपाध्यक्ष प्याकुरेल


२९ असार, काठमाडौँ । नेकपा एमालेभित्रको अन्तरकलहका कारण संविधान र व्यवस्था माथि नै आक्रमण भएपछि विभिन्न व्यक्तिहरूले मुख खोलिरहेका छन । यही क्रममा प्रदेश १ को प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले एमाले नेता माधवकुमार नेपालमाथि कठोर शब्द प्रोयग गर्दै आलोचना गर्नुभएको छ । उहाँले नेपालले अहिले गरेको कर्मका कारण प्राण त्याग्ने समयमा समेत अफ्ठेरो हुने बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल मार्फत धन्य होस, माधवकुमार नेपाल भन्दै लेख्नुभएको छ, ‘एकजना ब्यक्ति संगको रिसले यति दुःखले हुर्काएको पार्टी र आन्दोलन निमिट्यान्न पार्ने काम किन गर्नु भयो मान्यवररु कार्यकर्ताको बिवेक माथि थोरै पनि भरोसा हुन्थ्यो भने महाधिवेशन पर्खनु हुन्थ्यो । जे गर्नु भयो त्यसको पीडाले उहाँको प्राण जान पनि अप्ठ्यारो हुनेछ। त्यही पीडाग्रस्त दीर्घ जीवन प्राप्त होस।’

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १०:०७