१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

‘फेक रेस्क्यु’ कार्यदलका संयोजकको आरोपितसँग साँठगाँठ ! सदस्य नै जादैनन् बैठकमा

२९ असार, काठमाडौँ । पर्यटन व्यवसायीको अवैध अम्दानीको मुख्य स्रोत रहेको ‘फेक रेस्क्यु’ का विषयमा छानविन गर्न व्यवसायीहरुले धेरै पहिल्यदेखि नै आवाज उठाउँदै आएका तर सरकारले कानमा तेल हालेर बस्ने गरेको थियो । तर यसपटक सरकारले छानविन समिति त गठन गर्यो तर यसले अनुसन्धान गरेर पार लगाउनेमा शंका देखिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा ‘फेक रेस्क्यु’ भएको भन्दै सप्रमाण उजुरी परेपछि गत जेठ २१ गते सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन कार्यदल बनेको थियो । कार्यदलमा पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरे, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उड्यान प्राधिकरणका उपनिर्देशक सुवास झा र मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल सदस्य रहेका छन ।

कार्यदललाई १५ दिनभित्र रिपोर्ट बुझाउन समय दिइएको थियो तर कार्यदलको काम कार्यदललाई आवश्यक अनुसन्धान, छानबिन गरी सत्यतथ्य पत्ता लगाई समस्या निराकरणका लागि उपाय–विधि र प्रक्रिया तथा यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्ति, निकायलाई आवश्यक कारबाही गर्ने अधिकारसमेत दिएको थियो ।

तर कार्यदलका संयोजक र केही सदस्यले व्यवसायीलाई पत्र काट्ने र व्यक्तित रुपमा रेष्टुराँमा गएर भेट्ने बाहेक खास उपलब्धि देखिएको छैन । यतिसम्मकी कार्यदलका सदस्यसमेत रहेका पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरे आफू सदस्य भए पनि आजसम्म कार्यदलको कुनै छलफलमा सहभागी भएका छैनन् ।

यता संयोजक रहेका घनश्याम उपाध्याय भने व्यवसायीसँग सम्बन्ध मजबुद बनाउन लागि परेका छन । कार्यदलले कसरी काम गर्ने भन्ने विषयमा साझा धारणा बनाउन नसक्नु र कार्यदलका सदस्यहरुको गतिबिधिका कारण ‘फेक रेस्क्यु’ मा छानविन भएर कारबाही होला भन्ने आशा कमै गरिएको छ । कार्यदलका संयोजक उपाध्यायलाई ‘फेक रेस्क्यु’ का अरोपितहरुसँगै रेष्टुरेन्ट चहार्दै हिड्ने र मन्त्रालयमै पनि ढोका थुनेर घण्टौँ कुरा गर्ने गरेको आरोप लगेको छ ।

व्यवसायीका तर्फबाट लागेको अरोपमा दैनिकीले उपाध्यायलाई चसो राख्दा उनले आफूले त्यसरी बसेको भएपनि गलत मनसायले नबसेको बताएका छन । उनले छानविन कार्यदलको समय थप गरिएकाले थपिएको समयमा अनुसन्धान सक्ने बतए । आरोपितहरुसँग रेष्टुरेन्टमा बसेर भोजन गर्दै उनीहरुलाई नै कसरी कारबाही गर्नुहुन्छ भन्ने प्रश्नमा उपाध्यायले मान्त्रालयमा आएर आफूलाई भेट्न आग्रह गरे ।

आउटडोर हिमालय कम्पनीका मालिक व्यवसायी राजेन्द्र सापकोटा माथि उपाध्यायलाई प्रभावित गरेर कारबाहीबाट बच्न खोजेको आरोप लागेको छ । पर्यटन मन्त्रालयका एक अधिकृत भन्छन उनले कारबाहीबाट बच्नका निम्ति गर्नुपने कुनै कसर बाँकी राखेका छैनन् । उनका अनुसार मन्त्रालय र रेष्टुरेन्टमा बारम्मबार उपाध्यायलाई भेट्ने एक जना व्यवसायी सापकोटा समेत हुन ।

सापकोटा माथि मन्त्रालयकै अधिकृतले यस्तो आरोप लगाएपछि दैनिकीले चासो राखेको थियो । सापकोटाले आफूले पहिल्यैदेखि चिनेको मन्छेसँग भेटघाट हुनु नौलो कुरा नभएको बताए । उनले आफू गलत गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमै रहेको भन्दै उपाध्यायलाई प्रभावित गर्न खोजेको भन्ने अरोपलाई अस्वीकार गरे । सापकोटा पर्यटन बोर्डका पूर्व सदस्य समेत हुन ।

संयोजक उपाध्यायले कार्यदललाई समय कम भएकाले दुई महिना थप गरी भदौ १५ गते सम्म रिपोर्ट तयार गरिने बताएका छन । यद्यपी प्रधानमन्त्री केपी शर्मा आली, नेकपाका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकटमा रहेका केही व्यवसायी नै तानिने भएपछि कारबाही प्रक्रिया शिथिल बनेको विश्लेषण पनि भएको छ ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १६:१५