२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

देउवाको नेतृत्वको सरकारमा माधव समूह सहभागी नहुने (भिडियोसहित)


२८ असार, काठमाडाैँ । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ । मंगलबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको बैठकले पाँच राजनीतिक दल मिलेर संयुक्त सरकार बनाउने निर्णय गरेको हो । बैठकपछि जसपा नेता डा. बाबुराम भट्टराईले भन्नुभयो ‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको छ । अब सर्वोच्चको फैसला अनुसार भोली नै देउवाजीको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने छलफल भएको छ ।’

सरकार बनाउने छलफलमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेपाल र रघुजी पन्त सहभागी हुनुभएको थियो । स्रोतका अनुसार नेपाल समूहले पार्टीमा १० बुँदे सहमति गरेर एकताको पहिल गरिरहेकाले तत्काल सरकारमा सहभागिताको विषयमा कुनै निर्णय नगर्ने भएको छ । बैठकपछि एमाले नेता रघुजी पन्तले एमालेको विवाद सुल्झिएपछि पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेको अवस्थामा भन्दा बाहेक सरकारमा सहभागिता नजनाउने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १९:०६