२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

विपक्षी गठबन्धनको बैठक सुरू, माधव नेपालसहित रघु पन्त सहभागी


२८ असार, काठमाडाैँ । विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा सुरू भएको छ । कोटेश्वरस्थित नेपाल वन पैदावरको कार्यालयमा सुरू भएको बैठकमा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र रघुजी पन्त पनि सहभागी हुनुभएको छ ।

सोमबार सर्वोच्च अदालतको फैसला आएपछि भावी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बसेको हो । सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

बैठकमा कांग्रेसका सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पुर्ण बहादुर खड्का, पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व सभामुख कृष्ण बहादुर महरा, बर्षमान पुन, नारायण काजी श्रेष्ठ, देव गुरुङ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १८:०७