२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

राष्ट्रियसभा बैठक अन्त्य, सरकारले के गर्दै छ ?


२८ असार, काठमाडाैँ । राष्ट्रिपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्नु भएको छ ।  मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य गर्नुभएको हो । सरकारले यही असार १७ गतेदेखि राष्ट्रियसभाको अधिवेशन बाध्यात्मक रूपमा आह्वान गरेको थियो ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०३/२८ को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन संवत् २०७८ साल असार २८ गते सोमबारका दिन राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएकाले मिति २०७८ असार २८ गते सोमबार बसेको राष्ट्रियसभाको बैठकबाट मिति २०७८ असार २९ गते मंगलबार दिनको ३ः०० बजे बस्ने गरी निर्धारण भएको राष्ट्रियसभाको बैठकसमेत स्वतः अन्त्य हुने भएकाले माननीय सदस्यहरूको जानकारीका लागि राष्ट्रियसभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम यो सूचना प्रकाशन गरिएको छ,’ संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा प्रकाशित सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १७:५४