२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

राष्ट्रियसभामा प्राकृतिक स्रोत आयोग र योगमाया विवि विधेयक प्रतिवेदन पेश


२८ असार, काठमाडौँ । राष्ट्रियसभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको हो ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार २९ अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १५:२२