२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

२ दिन भित्र देउवालाई प्रधानमन्त्री बनाएर ७ दिन भित्र संसद बोलाउन सर्वोच्चको आदेश


२८ असार, काठमाडाैँ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ भने ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउन आदेश दिएको छ । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो। प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १३:३७