१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

देउवाको पक्षमा १२३ सांसद मात्रै, सर्वोच्चद्वारा न परमादेश, न पुनःस्थापना !

२७ असार, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख  एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको बताउनुभएको छ ।  नेकपा एमालेमा १० बुँदे सहमति भएपछि उहाँले आइबार राति यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले भन्नुभएको छ ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ मात्र’, उनले सामाजिक सञ्जालमार्फत आइतबार मध्यराति लेखेका छन् । उनले सर्वोच्चले सर्वोच्चबाट फैसला हुनुअघि नै विवादास्पद टिप्पणी पनि गरेका छन् । एमालेमा सहमति भएसँगै अब अदालतले देउवाको पक्षमा परमादेश जारी नगर्ने र पुनर्स्थापना पनि दावी गरेक छन् । ‘सर्वोच्चद्वारा न परमादेश । न पुनःस्थापना !’, उनले लेखेका छन्, ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !! जय नेपाल !’

प्रकाशित मिति : २७ असार २०७८, आईतवार २३:४८