४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

२७ असार, काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गर्नुभएकाे छ ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप,सदस्य हेरफेर तथा अन्य सबै कामकारवाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन माग गरिएको छ ।

राजपा र समाजवादी पार्टी एकीकरणका बेला कुनै पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्यो समेत नभएको लगायतका विभिन्न जिकिर रिटमा गरिएको छ । रिटमा निर्वाचन आयोग र जसपालाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १९:३५