१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

गोरखा र स्याङ्जामा भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट


२७ असार, काठमाडाैँ । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ भेरियन्टको आशंकामा नमूना परीक्षणका लागि काठमाडाैँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा स्याङ्जाको कालिगण्डकीका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखा बारपाक सुलिकोटका ३३,४० र ७० वर्षिया तीन महिला गरि ५ जनाका डेल्टा भेरियन्ट संक्रमण पुष्टि भएको हो । डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन निर्देशनालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १५:०८