१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा ५ नम्बर गण उद्घाटन

२७ असार, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदयपुरस्थित सशस्त्र प्रहरि बल नम्बर ५ गणको उद्घाटन गर्नु भएको छ । आइतबार त्रियुगा नगरपालिका वार्ड नं. ९ मा नबनिर्मित गणको उद्घाटन गर्नु हुंदै उहाँले सांगठनिक संरचना समयानुकुल परिमार्जन गर्दै लैजाने सिलसिला अन्तर्गत तत्कालिन त्रियुगा गुल्मलाइ गणमा स्तरोन्नति गरिएको बताउनु भयो ।

रास्ट्रसेबक कर्मचारीहरूले देखाएको इमान्दारिता , अनुशासन , बफादारिता , कर्तब्यपरायणता तथा उच्च समर्पण भाबका कारण संगठन यो स्थान सम्म आइपुगेको स्मरण गर्नु हुंदै महानिरीक्षक खनालले सिमा सुरक्षालाइ प्रभावकारि बनाउन २ सय २४ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको र यो बर्ष १ सय २० वटा थप गर्ने लक्ष्यका साथ आबश्यक तयारि र गृहकार्य भइरहेको बताउनु भयो ।

छाङ्रुदेखि ओलाङ्चुङ गोला सम्म र हिल्सा देखि किमाथांका सम्म तैनाथ भएर संगठनका रास्ट्रसेबक कर्मचारिहरु भौगोलिक बिकटता र प्रतिकुल मौसमका बाबजुद उच्च मनोबल र हौसलाका साथ आफ्नो कर्तव्य निर्बाह गरिरहेको बताउनु हुंदै उहाँले मनसुन जन्य उद्दारमा तत्काल र जुनसुकै बेला परिचालित हुनको लागि तयारि हालतमा बस्न समेत निर्देशन दिनु भयो ।

उहांले सो क्रममा भन्नुभयो – आगामि कार्तिक २६ र मंसिर ३ गते हुन गइरहेको प्रतिनिधि सभा निर्बाचन लाइ सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा ब्यबस्थालाइ सशक्त बनाउन दिएको निर्देशन अनुसार नयाँ चुनौतिको सामना गर्न मानसिक र शारीरिक रुपले तयार रहन निर्देश गर्दछु ।

सो गण उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारि , त्रियुगा नगर पालिकाका प्रमुख बलदेब चौधरी सुरक्षा निकायका प्रदेश प्रमुख तथा जिल्ला स्थित प्रमुख हरुको उपस्थिति थियो । २०७५ मा सो गण तत्कालिन त्रियुगा गुल्म लाइ स्तरोन्नति गरि स्थापना गरिएको हो ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १४:२७