१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

माओवादी निकटका कलाकार धमाधम पार्टी छाड्दै, मुलासागले लिए कांग्रेसको सदस्यता


२६ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संगत नेपाली कांग्रेससँग बढी नै हुन थालेपछि विगतमा कांग्रेस छाडेर माओवादी बनेका कलाकार समेत पुनः कांग्रेस फर्किन थालेका छन ।

नेपाली कांग्रेस समेत वामपन्थी पार्टी भनेर सार्वजनिक घोषणा गर्नुभएका प्रचण्डले आफ्नै हातबाट माओवादी प्रवेश गराउनुभएको कलाकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट नेपाली कांग्रेसको सदस्यता लिन पुगेका छन ।

२०७० सालमा प्रचण्डले सिन्धुलीमा माओवादीमा प्रवेश गरेका हास्यकलाकार मुलासाग अर्थात सुरेन्द्र केसी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँले शनिबार बुढानिलकण्ठमा देउवा निवासमै पुगेर नेपाली कांग्रेसको सदस्यता ग्रहण गर्नुभयो ।

केसी २०७० सालमा माओवादी प्रवेश गर्नुअघि नेपाली कांग्रेसका नेता गगन थापाको हातबाट टीका लगाएर कांग्रेस प्रवेश गर्नुभएको थियो । केसीसँगै जादुगरको उपमा पाउनुभएको हास्यकलाकार महादेव त्रिपाठी पनि कांग्रेस प्रवेश गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार १९:५०