४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्रधानमन्त्री ओली मेलम्ची र हेलम्बुको निरीक्षण गर्दै, महत्वपूर्ण राहतको घोषणा हुने

२६ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज बाढीले खण्डहर बनेको मेलम्ची र हेलम्बुको निरीक्षण गर्दै हुनुहुन्छ । त्यसका लागि उहाँ बिहान १० बजे सिन्धुपाल्चोक पुग्ने तयारी भएको छ ।

बाढी/ पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार ०८:३४