२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार असार २७ गतेदेखि

२५ असार, काठमाडौँ । नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनीले असार २७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । युनाइटेड फाइनान्स कम्पनीलाई मर्जर गरेको नबिल बैंकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएको हो । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीको विशेष साधारणसभाको निर्णय बमोजिम मर्जर प्रक्रियाका लागि असार १५ गते अन्तिम स्वीकृती दिइसकेको छ ।

दुवै कम्पनीको असार ५ गते विशेष साधारणसभा गरेर मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरिसकेका छन् । बैंकका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते स्वीकृती दिएको छ ।

बैंकले फाइनान्सलाई १००ः३५ स्वाप रेसियो अनुपातमा मर्जर गरेको हो । अब युनाईटेड फाईनान्स कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताले नबिल बैंकको ३५ कित्ताको सेयर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १४:५३