१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

महिला मन्त्रालयको गाडीमा एक पुरूष र एक महिला निर्वस्त्र भेटिए, दुबै पुगे प्रहरी खोरमा


२४ असार, काठमाडौँ ।  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीमा एक पुरूष र एक महिला निर्वस्त्र भेटिएका छन । बुधबार राति जंगलको बीचमा रोकिरहेको मन्त्रालयको गाडीमा दुई जना निर्वस्त्र भेटिएका हुन ।

उनीहरूले गाडीभित्र यौन क्रियाकलाप गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । महानगरी प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका(७ घ्याम्पेडाँडाको जङ्गलमा मन्त्रालको गाडीबाट ती व्यक्त, पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए ।

प्रकाउ परेका दुई पुरुष र एक महिला अहिले प्रहरी खोरमा रहेका छन । उनीहरूले अवैध यौन गतिबिधि सञ्चालन गरेको  प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडी पनि प्रहरीले बरामद गरेको छ । गस्तीमा निस्केको प्रहरीको गाडीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार २२:०१