१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

कृष्णहरि पुष्कर सचिवमा वढुवा


२४ असार, काठमाडाैँ । सहसचिव कृष्णहरि पुष्कर सचिवमा बढुवा हुनुभएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासनतर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस हुनुभएका पुष्करलाई सचिवमा बढुवा गरिएको हो । उहाँ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार २१:४६