१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

काेराेना अपडेटः १८७५ संक्रमित थपिए, २९ जनाको मृत्यु, १२८६ संक्रमणमुक्त


२४ असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ५३७४ जनाको पीसीआर परीक्षण गर्दा १२१८ र ५१०३ जनामा एन्टिजेन परीक्षण गर्दा ६५७ जना गरी जम्मा १८७५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १२८६ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट २९ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार १७:०६