१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

एमालेका युवा नेता प्रसाईको सवारी दुर्घटनामा मृत्यु


२५ असार, झापा । नेकपा एमालेका युवा नेता ज्ञानु प्रसाइको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना हुँदा दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको थियाे । दुर्घटनामा परि बायाँ खुट्टा तथा शरीरको भित्री भागमा चोट लागेर गम्भीर घाइते हुनुभएका प्रसाईको  उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा निधन भएको हाे ।

दुर्घटनाबाट कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । प्रसाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष हुनुहुन्छ । उहाँ बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान समेत हुनुहुन्छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १३:२४