१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दुर्लभ बन्यजन्तुको अखेटोपहार र जुवातास सट्टेबाजीमा संलग्न चार चिनिया नागरिक पक्राउ

२२ असार, काठमाडाैँ । दुर्लभ बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्रको चिनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनिया नागरिकहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनिया नागरिकहरुले दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजि खेलाईरहेको अबस्थामा चार जना चिनिया नागरीकलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका बिद्युतिय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाईनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ७ थान, बाघको छाला जस्तो देखीने वस्तु १ थान, गाईको छाला जस्तो देखीने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखीने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ ।

यस्तै उनीहरुको साथबाट राहधानी २ थान, चिनका बिभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर पाना(लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखीने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको पनि प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका चिनिया नागरिकहरुको प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धान कार्य भईरहेको बताएको छ । त्यस्तै प्रहरीले पत्रकार सम्मेलनमा धारिलो हतियार प्रयोग गरी ज्यान मारेको अभियोगमा पक्राउ परेका ३ (तिन) जनालाई पनि सार्वजनिक गरेको छ ।

यही असार २० गते महोत्तरी जलेश्वर न.पा वडा नं. २ घर भई हाल काठमाण्डौँ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. ३ थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षिय जितेन्द्र साहलाई हत्या गर्ने चन्द्रागिरि न.पा वडा नं. ३ थानकोट बस्ने ३६ वर्षिय सोमलाल गोपाली, मकवानपुर दामन – ९ घर भई चन्द्रागिरी न.पा. १ दहचोक बस्ने २५ वर्षिय मनोज दोङ तामाङ र चन्द्रागिरी.न.पा–८ मातातिर्थवाट साहिल गोपालीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १७:३१