२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमालेलाई सहमतिका साथ अघि बढाउन सहमत भयाैँः उपाध्यक्ष रावल (भिडियोसहित)

२२ असार, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पार्टीको विवाद समाधान कार्यदलका सदस्य डा भीमबहादुर रावलले विवाद समाधानका लागि कार्यदल विषयमा प्रवेश गरेको जानकारी दिनुभएको छ । मंगलबार भएको कार्यदलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रावलले एमालेलाई सहमतिका साथ अघि बढाउन तयार भएर कार्यदलले काम सुरू गरेको बताउनुभयो ।

उहाँले मंगलबारको छलफलमा कार्यदलका सबै सदस्यले विवाद साधानका बारेमा आआफ्नो दृष्टिकोण राखेको र भोलिको बैठकमा त्यसपछि पनि समिक्षा हुनेर सहमतिको कार्ययोजना बन्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘हामीले आजको बैठकमा अदालतबाट नेकपा एमाले पुनस्थापित भएको परिप्रेक्षमा कसरी अघि बढ्ने भनेर संगठनात्मकदेखि व्यवहारिक विविध विषयमा कुरा गर्यौँ ।’

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १७:२६