२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नेपाल वायु सेवा निगम बेचेर व्यापारी पोस्न खोजेपछि कर्मचारीले लगाए ताला

२२ असार, काठमाडाैँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने नाममा बेचेर निश्चित व्यापारी पोस्न खोजेपछि कर्मचारी आन्दोलित बनेका छन । खराब नियतका साथ निगम बेचेर खाने तयारी गरेपछि आन्दोलनमा उत्रिएको कर्मचारीहरूले बताएका छन । निगमका महाप्रबन्धक डिम प्रकाश पाैडेलले निगम डुबाउनका लागि योजनावद्ध काम गरिरहेका छन ।

पाैडलको निगम प्रवेश नै त्यसका लागि भएको सुरूदेखिनै चर्चा हुने गरेको थियो । पाैडेलले निगम डुबाउने नियतका साथ काम अघि बढाएपछि बिरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् । निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १७:४६