१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

निजामति कर्मचारी ट्रेड युनियनको चेतावनीः संघीय निजामति सेवा ऐन विधेयक सच्याउ

२८ असार, काठमाडौँ । निजामति कर्मचारीका राष्ट्रियस्तरका ट्रेड युनियनहरुले संघीय निजामति सेवा ऐन विधेयकको मस्यौदामा असहमति जनाएका छन । बिहीबार चारवटा निजामति संगठनका अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति मार्फत मस्यौदामा असहमति जनाएका छन ।

उनीहरुले अधिकृतस्तरसम्मका कर्मचारीले ट्रेड युनियनमा संगठिन हुन पाउने अधिकार कुण्ठित गर्न नपाउने, अनिवार्य अवकाशको उमेर हद ६० वर्ष बनाउन नहुने लगायतका माग राखेका छन । नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल र नेपाल मधेसी निजामति कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले संयुक्त विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएका छन ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार २१:४०