४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नासों गाउँपालिका–५ का वडाध्यक्ष छिरिङ ग्याल्पोको निधन

२२ असार, मनाङ । नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहनुभएका उहाँको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उहाँ काठमाडौँ गएर आइतबार मात्रै बेँसीशहर फर्किनुभएको थियो । गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बस्नुभएका उहाँ हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो ।

उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पु¥याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उहाँको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १२:५२