१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बाढी तथा पहिरो पीडितको उद्दारमा नेपाली सेनाले अाज गरेका काम

२८ असार, काठमाडाैँ । नेपाली सेनाले देशकाे रक्षाका  निम्तिमात्र हैन विपद्को समयमा पनि महत्वपूर्ण भूमिका खेल्दै अाएको छ । अाज काठमाडाैँ उपत्याका र काभ्रेमा बाढी तथा पहिरो पीडितका लागि पनि सेनाले अग्रमोर्चामा रहेर सहयो गरेक छ । सेनाले अाज गरेको कामको सूची यस्तो रहेको छ ।

१. अविरल बर्षाको कारण देशको विभिन्न स्थानहरुमा गएको बाढी तथा पहिरो पीडितहरुको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्दार कार्य जारी राखेको छ ।

२. उद्दारको क्रममा आज मिति २०७५ असार २८ गते श्री विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका २ पुलबजारमा डुबानमा फसेका ४ जनाको उद्दार गरेको । साथै, उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्टसहित नेपाली सेनाको हेलिकोप्टरद्वारा नमोबुद्ध नगरपालिका ६ रोशी खोलाको बीच ढुङ्गामा फसेका २ जनाको उद्दार गरेको ।

३. उद्दारकै क्रममा आजै श्री रणचण्डीदल गण, खरिपाटीबाट खटिएको टोलीले चाँगुनाराण नगरपालिका ७ मा अविरल वर्षाको कारण घर भत्किन गई मृत्यु भएका ३ जनाको शव तथा घरका सामानहरु बाहिर निकाल्ने कार्यमा सहयोग गरेको ।

४. कम्पोजिट क्विक रेस्पोन्स टिम, वीरदल गण सुर्यविनायक, नं.१ विपद् व्यवस्थापन गण सुन्दरीजल र नं.१४ वाहिनी अड्डा गौचरबाट खटिएको टोलीले डुबानमा परेका भक्तपुर जिल्लाको राधे राधे ईलाकाबाट ३० जना र मध्यपुर ठिमी ईलाकाबाट २० जनाको सकुशल उद्दार गरेको ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार २१:२४